Tuesday, June 25Nepal News Portal
Shadow

६ महिनामा ४ सय ३५ उद्योग दर्ता


काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ६ महिनामा तनहुँमा ४ सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा ४ सय ३५ उद्योग दर्ता भएका हुन् ।

सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिएका छन् । तीमध्ये ३४ उत्पादनमूलक, २ सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।

जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्”, प्रमुख कुँवरले भने, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।

१ लाखसम्म पूँजी भएको उद्योगले रु १ हजार १ सय, ३ लाखसम्म पूँजी भएको उद्योगले रु ३ हजार १ सय, रु ५ लाखसम्म पूँजी भएको उद्योगले रु ६ हजार १ सय, रु ५० लाखसम्म पूँजी भएको उद्योगले रु १२ हजार एक सय, रु १ करोडसम्म पूँजी भएको उद्योगले रु २० हजार एक सय, रु ५ करोडसम्म पूँजी भएको उद्योगले रु ३० हजार १ सय र रु ५ करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार १ सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्