Wednesday, November 19Nepal News Portal
Shadow

नेप्से परिसूचकमा सामान्य गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य गिरावट देखिएको छ। बुधबार (आज) नेप्से ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा बन्द भएको छ ।

मंगलबार नेप्से ७६.६४ अंकले बढ्दा दुई हजार एक सय ७७.३४ विन्दुमा बन्द भएको थियो । सो वृद्धिको गतिले निरन्तरता पाउने अपेक्षा विपरीत आज नेप्सेमा गिरावट देखिएको हो।

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा ३ अर्ब ६९ करोड १९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि ३ अर्ब माथिको कारोबार भएको थियो। आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४२ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन आएको छैन।

नेप्सेका अनुसार बुधवार कुनै पनि कम्पनीको शेयर मुल्यमा उच्च वृद्धि भएको छैन । त्यसै गरी कुनै कम्पनीको शेयरमा उच्च गिरावट समेत छैन। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनीको भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्