Saturday, July 13Nepal News Portal
Shadow

घट्यो अमेरिकी डलरको भाउ


काठमाडौं । बिहीबार (आज) अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ३३ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९२ रुपैयाँ २५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ ३६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रुपैयाँ ६४ पैसा र बिक्रीमा ३० रुपैयाँ ७८ पैसा रहेको छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ९३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९८ पैसा रहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्