काठमाडौं । मायाखोला हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकको कार्यालयमा आज आईपीओ बाँडफाँड भएको हो ।
उक्त कम्पनीको आईपीओ १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले १९ लाख ९२ हजार कित्ता आईपीओ प्राप्त गरेका छन् ।
कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरेको थियो ।
कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने कर्मचारीका लागि ४८ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिनका थिए । कुल १४ लाख ३५ हजार ३१३ जनाले आवेदन दिएका थिए ।