काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४३ अंकले बढेर दुई हजार एक सय ८२.६१ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७।१३ अंकले घटेर दुई हजार एक सय ७०.२१ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ६ करोड २० लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ३ अर्ब ६९ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बलेफी हाइड्रोपावर कम्पनीको शेयुमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको हो ।