Saturday, January 25Nepal News Portal
Shadow

फागुनमा ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय


नेपाल बैंकर्स संघले फागुनमा ब्याजदर नघटाउने भएको छ । बिहीबार बसेको बैंठकले ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेका हो।
बैंकर्स संघले माघमा १० प्रतिशत ब्याजदर कटौती गरेता पनि फागुनमा भने यथावत राख्ने निर्णय गरेका हुन्।

लगातार निक्षेप बढे पनि ब्याजदर भने घटाएनन्। माघमा ब्याजदर घटाउँदा बैंकर्सहरूले फागुन र चैतमा पनि ब्याजदर घट्ने जनाएका थिए। माघदेखि साधारण मुद्दतिको ब्याजदर ११ प्रतिशत छ। वाणिज्य र विकास बैंकहरूले माघ १ गते देखि लागु हुनेगरी ब्याजदर घटाएका थिए।

वाणिज्य बैंकहरूले हुनेगरी १‍‍ दशमलव १३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। योसँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ। यसअघि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १० दशमलव १३ प्रतिशत दिने गरेका थिए।

विकास बैंकहरूले पुसमा कायम ब्याजदरमा शून्य दशमलव ८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको थियो।

विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ दशमलव ८५ प्रतिशत, संस्थागतर्फ १० दशमलव ८५ र रेमिट्यान्समा १३ दशमलव ८५ प्रतिशत कायम गरेका थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्