Monday, February 10Nepal News Portal
Shadow

मौद्रिक नीतिको मध्यावधि समिक्षाः साना ऋणी र उद्यमीलाई राहत


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको मध्यावधि समिक्षा गरेको छ । राष्ट्र बैंकले देशको विद्यमान आर्थिक अवस्था, वित्तिय क्षेत्रका परिसूचक र भावी रणनीतिहरुलाई समेटेर मौद्रिक नीतिको मध्यावधि समिक्षा गरेको हो।

राष्ट्र बैंकले मुलतः चार वटा बुँदामा मौद्रिक नीतिमा पुनरावलोकन गरेको छ । अब २०८० जेठ मसान्तसम्को लागि ऋण भुक्तानी गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज तिर्नुपर्ने छैन् । यसले ऋणीहरुलाई केहि राहत दिएको छ भने बैंकहरुको पेनाल आम्दानी घटाउनेछ ।

त्यस्तै, साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको दुई करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाउनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने राष्ट्र बैंकको भनाई छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्