काठमाडौं । यातायात व्यवसायीले ल्होत्से बहुउद्देश्यीय कम्पनीसँगको ४५ वर्षे सम्झौता रद्द गर्नुपर्ने माग गरेका छन् ।
मंगलबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ताका क्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।
ल्होत्सेले गोंगबुस्थित नयाँ बसपार्कमा ‘गुन्डा’ हरूको अखडा बनाएको आरोप व्यवसायीको छ । व्यवसायीहरु भन्छन् गाडी चलाउने मजदुरलाई कुट्ने, चर्को शुल्क उठाउने गरिन्छ ।
सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।
पछिल्लो समय नयाँ बसपार्क र गोँगबु चोकबीचको सडक विस्तार हुने क्रममा छ । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालन हुँदै आएका छन् । माइक्रोबस र केही बस नयाँ बसपार्क र गोँगबु चोकबीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।
त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी र मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जानकारी दिएको छ ।