Wednesday, February 12Nepal News Portal
Shadow

कर्पोरेट डेभलपमेण्ट बैंकले बोलायो १५औं वार्षिक साधारण सभा


काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले फागुन २२ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्ने छ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५० करोडको आधारमा ५ % बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ % नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ५० लाख कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत हुनेछ । सञ्चालक समितिको संख्या ९ बाट ७ गर्नुपर्ने भएकाले सञ्चालक समितिलाई सोही बमोजिम गर्न गराउन अख्तियारी दिने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन ९ गते सार्वजनिक विदा पर्ने भएकाले फागुन ८ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्