काठमाडौं । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । प्रेमी प्रेमिकाहरुका लागि विशेष दिन । यही अवसरमा बाइक वा स्कुटर किनेर उपहार दिन सकिन्छ । यसैका लागि विभिन्न कम्पनीहरुले छुटको समेत व्यवस्था गरेका छन् ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले ‘की टु द गोल्डेन हार्ट’ अफर ल्याएको छ । यस अन्तर्गत एक लाख रुपैयाँसम्मको क्यासब्याक उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप उपलब्ध हुनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिने यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यस अन्तर्गत एफजेड(एस एफआई भर्सन ३.०, एफजेड(एस एफआई भर्सन २.०, एफजेड एफआई भर्सन २.०, एसजेड आरआर भर्सन २.०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडल रहेका छन् ।
यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँ सम्मको स्योरशट नगद छुट पाउनेछन् ।
होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले भ्यालेन्टाइन डेका लागि ‘मायाको होन्डा’ अफर ल्याएको छ । यस अन्तर्गत कुनै पनि होन्डा बाइक वा स्कुटर किन्दा ५ हजार नगद क्यासब्याक उपलब्ध हुनेछ ।
सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले उपलब्ध गराइरहेको ‘सुजुकी विन्टर स्पेसल अफर’ लाई नै भ्यालेन्टाइन डेको उपहारको रुपमा उपलब्ध गराउने बताएको छ । यस अन्तर्गत सुजुकीका वर्गम्यान, एभेनिस र एक्सेस स्कुटर तथा हायते मोटरसाइकलको खरिदमा ग्राहकले १५ हजार नगद छुट पाउनेछन् ।
यसका साथै ग्राहकले आफूसँग भएको जुनुकै ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा कम्पनीले पुरानो बाइक वा स्कुटरमा १५ हजार अतिरिक्त मूल्यांकन दिने जानकारी दिएको छ ।