काठमाडौं, १७ मंसिर (ससं)। कपिलवस्तुको कृष्णनगर नगरपालिका ४ सिर्सिहवास्थित आँपको बगैचामा प्रहरीले एक महिलाको शव फेला पारेको छ।
प्रहरीले मंगलबार साँझमा करिब २४ वर्षीया महिलाको शव फेला परेको जनाएको हो। मृतक महिलाको हालसम्म सनाखत हुन सकेको छैन।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।