Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
दोहोरो अंकले घट्यो नेप्से – Udhyognews.com
Thursday, March 13Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं । मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १६.४० अंकले घटेर २ हजार १ सय ५ .४६ विन्दुमा बन्द भएको हो।

त्यस्तै, आज नेप्सेमा एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ६.१२ % ले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको हो ।

आज बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ % भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ७ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्