Saturday, June 14Nepal News Portal
Shadow

कामना सेवा विकास बैंकले टाटाका विद्युतीय सवारी किन्न कर्जा दिने


काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा सम्बन्धी सम्झौता गरेको छ ।

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङ्गसँग गत आइतबार सो सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का।मु। कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक सावन्त जङ सिजापतीले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटाका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्