काठमाडौं । केहि दिन यता सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ सय रुपैयाँले घटेको हो ।
सोमबार पनि सुनको मूल्य २ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पाँच रुपैयाँले घटेर आज प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।