Friday, January 24Nepal News Portal
Shadow

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ ४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १२ पैसा तोकिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्