काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज) सेयर बजार नेप्से परिसूचक ०.६६ प्रतिशतले घटेको छ ।
मंगलबार १६ अंकले घटेको नेप्से आज १३.९० अंकले घटेर २०९१.५६ को बिन्दुमा पुगेको छ ।
आज २५६ कम्पनीको एक अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेको छ । १३ वटा उपसमूह मध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९० प्रतिशतले बढेको छ । अरु सबै समूहको सूचक घटेको छ ।
आज युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक बढेको छ । यस दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता एक हजार ७३१ रुपैयाँले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले वृद्धि भएर २२ हजार रुपैयाँ कायम भएको छ ।