Monday, July 15Nepal News Portal
Shadow

युनिक नेपाल लघुवित्तको चौथो वार्षिक साधारण सभा फागुन २७ गते


काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले होटल सेन्ट्रल प्लाजा, बाँके, कोहलपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

आगामी दिनमा अन्य कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर तथा प्राप्ति प्रक्रियामा गएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । प्रबन्धपत्रमा आवश्य संशोधन गर्ने र माइन्यूट प्रमाणित गर्ने अख्तियारी दिने विषय पनि सभाका लागि तय भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्