Wednesday, October 16Nepal News Portal
Shadow

मोलुङ हाइड्रोपावरले आजदेखि सर्वसाधारणलका लागि आईपीओ निष्कासन


काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणका लागि आजेदेखि आईपीओ निष्कासन गरेको हो । आईपीओमा आगामी फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कुल २७ लाख २८ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कार्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो ।

आईपीओका लागि सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले तयार गरेको मेरो सेयर सम्बन्धी वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासन गरेको यस कम्पनीको इक्रा नेपालले इक्रा एनपी–आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको माध्ययम जोखिम रहेको बुझाउनछ । कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त हुने रकम ऋण तिर्न प्रयोग गरिने बताइएको छ ।

हाल कम्पनीको कुल ऋण ९२ करोड ७५ लाख रुपैयाँ टर्म लोन रहेको छ भने ५ करोड रुपैयाँ ओभरड्राफ्ट सीमा रहेको कम्पनीले जारी गरेको आईपीओ सम्बन्धी आह्वान पत्रमा उल्लेख छ । बाँकी ऋण कुल ९७ करोड ५७ करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

आईपीओबाट प्राप्त हुने रकमबाट ३७ करोड ३१ लाख रुपैयाँ ऋण तिरिने कम्पनीले जानकारी दिएको छ । यो कम्पनीले मोलुङ खोला जलविद्युत आयोजनाबाट सात मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेको विद्युत ३३ के।भि। प्रशारण लाइनमा २०७४ चैत १२ गतेदेखि जडान भएको बताइएको छ । यो विद्युत् उत्पादनको कुल लागत एक अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्