Wednesday, October 16Nepal News Portal
Shadow

बढ्यो अमेरिकी डलरको भाउ


काठमाडौं । बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ७ पैसा घटेको हो।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ २१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ६३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रुपैयाँ १० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६० रुपैयाँ ३२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रुपैयाँ ९ पैसा र बिक्रीमा ३० रुपैयाँ २३ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३० पैसा तोकिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्