Friday, January 24Nepal News Portal
Shadow

लुटपाट र तोडफोड गर्नेलाई तत्काल कारबाही गर्न माग


काठमाडौं । प्रशासनिक कारबाहीको विरोध गर्दै फागुन २ गते काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई तत्काल कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ ।

प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड र लुटपाट भएको भन्दै महासंघले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

“लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ, त्यतिनै जनताले आफनो जीउधन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि छ । जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय हुँदैन र त्यो कानुनी राज्यमा दण्डनीय हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि विरोधका आडमा जबरजस्ती कानुन हातमा लिएर हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान नगएको पनि महासंघले बताएको छ । त्यस्ता तत्वलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न नसकिए अन्यत्र पनि यस्ता घटना नदोहोरिएला भन्न नसकिने महासंघको निष्कर्ष छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्