काठमाडौं । नेपाल टेलिकमको पोष्टपेड प्रयोगकर्तामा ब्यालेन्स काट्ने र वान–वेको समस्या पटक–पटक आउने गरेको छ । यसपटक पनि सोही समस्या देखिएपछि ग्राहकहरुले गुनासो गरेका छन् ।
टेलिकमले प्रत्येक महिनाको १५ तारिखमा हिसाब मिलान गर्छ । जसलाई टेलिकमको भाषामा बिल रेन्ज भनिन्छ । बिल रेन्ज गर्दा सुरुमा रेण्टल शुल्क काटिन्छ ।
पोष्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क काट्छ । काटिएको न्यूनतम रकम र ग्राहकको मोबाइलमा भएको ब्यालेन्ससँग हिसाब मिलान गरिसकेपछि बाँकी रहक फिर्ता आउने अधिकारीले बताए ।
महिनाभर प्रयोगकर्ताले लिएको सेवा हेरेर बिल रेन्ज गरिन्छ । सामान्यतया बिल रेन्ज गर्ने समयमा वान–वे समस्या हुने नेपाल टेलिकमका सूचना अधिकारी सोवन अधिकारीले बताएका छन् ।
अधिकारीले भने “अहिले पनि त्यहि समस्या भएको हो रातको १२ बजेको समयमा बिल रेन्ज हुन्थ्यो । यस पटक प्राविधिक कारण ढिलो भयो । त्यसको कारण वान–वे र ब्यालेन्स काट्ने समस्या देखिएको हो । अहिले समाधान भइसकेको छ,”।