काठमाडौं । सहकारी क्षेत्रलाई डुबाउन खोज्ने गिरोह बढ्दा ऋण उठ्न छोडेको बताइएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बजारमा गएको ऋण असुली हुन नसक्दा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको बताइएको हो ।
“बजारमा सहकारी डुब्न लाग्यो भन्ने हल्ला फैलाएर ऋण तिर्न नपर्ने भन्ने भ्रम पनि फैलिने गरेको छ । यसले तरलता अभावको समस्या आएको छ,” राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलले भनेका छन् ।
बचतकर्ता एकै पटक बचत फिर्ता लिन आउँदा पनि समस्या उत्पन्न भएको उनले बताएका छन् । सहकारीले कुनै चल तथा अचल सम्पत्ति लिएर ऋण प्रवाह गरेको भए उक्त सम्पत्ति सरकारले रोक्का गर्न अनुरोध भए रोक्का गरिने उनले स्पष्ट पारे ।
सहकारीलाई ऋण असुलीमा विशेष ध्यान दिन पनि उनले आग्रह छन् ।