Tuesday, June 18Nepal News Portal
Shadow

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने


काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन ५ गतदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने भएको छ।

एयरलाइन्सले बिहीबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष उक्त समयमा खोल्ने बताएको छ।

विज्ञप्तीअनुसार शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहनेछ।

एयरलाइन्सले हाल दिल्ली, बैंकक, क्वालालाम्पुर, हङकङ, दोहा, नारिता, दुबई, मुम्बई, रियाद लगायतका मुलुकमा उडान गरिरहेको छ।

Total Page Visits: 225 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्