Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
सूर्यविनायकमा खुल्यो १० करोड लागतमा च्याउ खेति – Udhyognews.com
Friday, March 14Nepal News Portal
Shadow

सूर्यविनायकमा खुल्यो १० करोड लागतमा च्याउ खेति


Exif_JPEG_420

काठमाडौं । नेपालमा बाह्रै महिना उत्पादन गर्न सकिने ४ जातका (राजा, ब्लाक्पर्ल लइस्टर, सिताकी र डल्ले) च्याउ अहिले भक्तपुरको सूर्यबिनायकमा रहेको मिनेर्भा फर्मले कल्टिभा प्रविधिबाट बिगत ७ महिनादेखि उत्पादन गर्दै आएको छ ।

सिताकी च्याउ जापानिज प्रविधिबाट उत्पादन गरिएको च्याउ हो । यो च्याउ जापान देखि नेपालमा भित्रिएको बताइएको छ ।

उत्पादित च्याउमा प्रोटिन लगायत धेरै प्रकारका भिटामिन पाइने र फ्याटको मात्रा शून्य हुने भयकाले स्वास्थ्यको लागि अती उपयोगी मानिन्छ । यस फर्मका प्रबन्ध निर्देशक सार्थक साखका अनुसार सुरुमा उपभोक्ताहरूका लागि नयाँ प्रजातिको भएकाले बजारीकरणमा समस्या भएको थियो । अहिले उपभोक्ताले बुज्दैगएपछि बजारीकरणमा सुधार हुँदै आएको छ । अहिले काठमाडौं, भक्तपुर र ललितपुरका बजारमा मात्र उपलब्ध छ । अबको केही महिना भित्रै माग अनुसार नेपालका सबै जिल्लाहरूमा उपलब्ध गराउने यस फर्मको लक्ष्य रहेको छ । यो फर्म सुरु गर्दा ९ देखि १० करोडसम्म लगानी लागेकोे साखले बताए ।

पछि बढाउँदै लग्ने लक्ष्य रहेको उनले जानकारी दिए । ‘राम्रोसँग अध्ययन गरेर साना कृषकहरूले सानो लगानीमा पनि यो व्यवसाय गर्न सक्नेछन् । किसानले यो व्यावसाय गर्दा हामीले दिएको सल्लाह अनुसार मापदनडमा काम गर्न सके राम्रो उत्पादन हुन सक्छ,’ बाह्रै महिना फल्ने भएकोले ढुसी सार्न समस्या भए पनि ढुसी राखिएको (च्याउ बल) किसानहरूलाई हामीले उपलब्ध गराउँछौं ।’
यो बल दिएपछि किसानले सिधै उत्पादन गर्न सक्ने उनले बताए । उनी भन्छन्, ‘बजारमा नयाँ भेराइटी आएको हुनाले चाख्नका लागि फ्रिमा दिनुपर्यो त्यहि भएर समस्या भएको थियो ।’

३ ओटा भेराइटी नयाँ भएको र बजारमा धेरै उपलब्ध नभएको उनले बताए । कम्पनी स्थापना भएको सवा २ वर्ष भयो । तर, उत्पादन सुरु गर्न थालेको ६ महिना हुन लागेको साखले बताए । नयाँ २ भेराइटी उत्पादन हुन्छ एउटा राजा च्याउ र ब्लाक्पर्ल च्याउ उत्पादन हुन डेड देखी दुई महिना लाग्ने बताइएका हुन । अर्को सिताके भन्ने प्रजातिलाई ४ देखि ५ महिना लाग्ने उनले बताए ।

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्