Tuesday, June 25Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?


काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्