Friday, October 11Nepal News Portal
Shadow

यस्तो छ आजको डलरको भाउ


काठमाडौं । राष्ट्र बैंकले आइतबारका लागि विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर मूल्य १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसा बढेको हो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ६६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३० पैसा पाइन्छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ८४ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ १४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४४ पैसा तोकिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्