Saturday, June 14Nepal News Portal
Shadow

राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैंकले चैत ६ गतेदेखि नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्न लागेको हो ।

बचतपत्रको ब्याजदर ११ दशमलव ५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार सो बचतपत्रको ब्याजदर ६/६ महिनामा भुक्तानी हुनेछ । उक्त व्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । नखुलाएको प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र दिइने बैंकले जनाएको छ ।

रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रहकम बिना ब्याज निष्काशन मितिको ७ दिन भित्र फिर्ता गरिने बैंकले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्