Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
दोल्ती पावर कम्पनीको आईपीओ सोमबारदेखि निष्कासन हुँदै – Udhyognews.com
Thursday, March 20Nepal News Portal
Shadow

दोल्ती पावर कम्पनीको आईपीओ सोमबारदेखि निष्कासन हुँदै


काठमााडौं । दोल्ती पावर कम्पनीले सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सोमबार निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ । आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँड गरीने कम्पनीले जानाएकमो छ।

कम्पनीले सर्वसाधारणका लागी छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबारको प्रतिशेयर १०० रुपैयाँअंकित दरको १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले उक्त आइपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्तआईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

दोल्ती पावर कम्पनीले आइपिओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्