काठमाडौं, १८ मंसिर (ससं)। अमेरिकाले चीनको कपास आयातमा रोक लगाएको छ। झिजियाङ सरकारी संगठनको कपास आयातमा अमेरिकाले रोक लगाएको होमल्यान्ड सुरक्षा विभाग ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
अमेरिकाको डीएचएसले सबै अमेरिकी बन्दरगाहमा झिजियाङ उत्पादन तथा निर्माण कोरबाट आउने कपास तथा त्यसबाट उत्पादन हुने सामान ल्याउने जहाज रोकेको हो।
विज्ञप्ति अनुसार सीमा शुल्क तथा सीमा सुरक्षा कार्यालयले श्रमिकको पीडाबारे जानकारी दिएको आधारमा रोक लगाइएको छ। यसबाट चिनियाँ निर्यात व्यापारमा असर पर्ने जनाइएको छ।
Total Page Visits: 693 - Today Page Visits: 1