काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
हिजो बसेको लघुवित्त सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।