काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ७ महिनामा ३७ करोड रुपैयाँ भन्दा बढिको चुइंगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा ३७ करोड आठ लाख ७२ हजार रुपैयाँ बराबरको ११ लाख ३५ हजार ९ सय २९ केजी चुइंगम आयात भएको हो ।
विभागका अनुसार यस अवधिमा सो रकम बराबरको चुईगम आयात हुँदा २९ करोड ८२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा सबैभन्दा बढि चुइगम भारतबाट आयात भएको छ । माघ मसान्तसम्म भारतबाट ३६ करोड १३ लाख ८ हजार रुपौयँ बराबरको ११ लाख २७ हजार ८०१ केजी चुइंगम आयात भएको छ ।
त्यस्तै, यस अवधिमा जमर्नीबाट १६ हजार रुपैयाँ बराबरको ३० केजी, टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँ बराबरको ४ हजार १५४ केजी, अमेरिकाबाट ५ लाख ४२ हजार रुपैयाँ बराबरको ४४२ केजी चुइंगम आयात भएको छ ।
त्यसैगरी यस अवधिमा बेलायतबाट ३७ लाख ६५ हजार रुपैयाँ बराबरको २ हजार ३ केजी र अन्य देशबाट १० लाख ७६ हजार रुपैयाँ बराबरको एक हजार ४९८ केजी चुइंगम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।