Tuesday, June 18Nepal News Portal
Shadow

साउनदेखि माघसम्ममा झण्डै ५ लाख युवा विदेशिए


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको छ ।

यो वर्ष ७ महिनामै नयाँ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या मात्रै ३ लाख १४ हजार ७६७ जना पुगेको छ । माघ महिना मात्रै ३९ हजार १२४ जना युवा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर गाएका छन् ।

यो अवधिमा १ लाख ६७ हजार ७०८ पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

माघ महिनामा २५ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति नवीकरण गरेका छन् । यसमा भिजिट भिसामार्फत अवैध रुपमा विदेश जाने र भारतीय बाटो भएर वैदेशिक रोजगारीमा जानेको संख्या सामेल छैन । यो अवधिमा मलेसियमा सबैभन्दा धेरै एक लाख ८२ हजार युवा कामका लागि पुगेको देखिन्छ ।

Total Page Visits: 157 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्