Tuesday, March 18Nepal News Portal
Shadow

बढ्यो अमेरिकी डलरको भाउ


काठमाडौं । बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १० पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रुपैयाँ २७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा तोकेको छ।

मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ४५ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ५१ पैसा तोकिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्