Monday, June 17Nepal News Portal
Shadow

५७.७४ अंकले घट्यो नेप्स परिसूचक


काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको लाभांशमा कडाइ गर्दै निर्देशन जारी गरेपछि त्यसको असरमा सेयर बजार मापक नेप्से परिसूचकमा परेको छ ।

राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूलाई लाभांशमा कडाइ गरेको थियो । लघुवित्त संस्थाहरूलाई १५ प्रतिशत मात्र लाभांश वितरण निर्देशन जारी गरिएको थियो ।

त्यसको असर बिहीबार समग्र सेयर बजारमा परेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५७.७४ अंकले घटेको छ । नेप्से परिसूचक २.७८ % ले घटेर २०२२.६४ को विन्दुमा झरेको छ ।

यस दिन ३७ लघुवित्त संस्थाको सेयर मूल्य १० % ले घट्दै नकारात्मक सर्किट लागेर बन्द भएको छ । सबै लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ ।

१३ उपसमूहमध्ये सबैको समूहगत परिसूचक पनि ओरालो लागेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ९.५४ %ले घटेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स पनि ३.०१ %ले घटेर ३८४.४० को विन्दुमा झरेको छ ।

यस दिन २६० कम्पनीको दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँबराबरको ६३ लाख २६ हजार १०५ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

Total Page Visits: 348 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्