Monday, March 17Nepal News Portal
Shadow

कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः उत्पादन शुरु


काठमाडौं । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले २ हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको हो ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला ८ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई १ हजार ६ सय मेट्रिक टन कोइला आपूर्ति भएको जानकारी दिएको छ ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको १ हजार ६ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिएका छन् । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताएका हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्