Tuesday, June 18Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 199 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्