Thursday, February 22Nepal News Portal
Shadow

एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आइतबार


काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । सो कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान बाँडफाँट गर्न लागिएको हो ।

कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।

त्यस्तै ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर भने सार्वजनिक निष्काशनमा ल्याएको हो ।

उक्त कम्पनीको आईपीओ खरिदका लागि अन्तिम दिनसम्म मागभन्दा करिब २४ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार फागुन ३ गते साँझ ५ बजेसम्म १४ लाख ९२ हजार ७७८ जनाले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका हुन ।

यी आवेदकहरूबाट १ करोड ६६ लाख २६ हजार ५२० कित्ता शेयर खरीद माग भएको सिडिएससीको भनाई छ ।

Total Page Visits: 157 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्