Monday, June 17Nepal News Portal
Shadow

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु


काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार मर्जर कार्यक्रम आयोजना गरेर एकीकृत कारोबार सुरु भएको जानकारी दिइएको छ ।

यी दुई बैंकको एकीकृत कारोबार भएसँगै शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर पुगेको छ । कर्मचारी १ हजार ९७३ जना पुगेको बताइएको छ । त्यस्तै २६३ भन्दा बढी एटीएम पुगेको बताइएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

Total Page Visits: 240 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्