Friday, March 14Nepal News Portal
Shadow

राष्ट्रपति एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’

एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’

तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्