काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को ७ महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ कुल लगानि प्रस्ताब आएको छ । उद्योग विभागका अनुसार गत साउनदेखि माग मसान्त सम्म कुल वैदेसिक लगानि प्रस्ताव १८ अर्ब ६३ करोड आएको हो ।
माघ मसान्तसम्म साना, मझौला र ठुला गरी १५३ वटा उद्योग दर्ता भएका छन् । जसमा ठुला उद्योग ४१ वटा भएका छन् भने ४३ वटा मझौला र ६९ वटा साना उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ ।
यी उद्योग सञ्चालनमा आए ९ हजार ९१३ जनालाई रोजगारी दिइने प्रस्ताव गरिएको छ । जसमा विदेशी परियोजनाहरुबाट ८ हजार ६०५ रोजगारी दिइने प्रस्ताव गरिएको छ ।