Tuesday, June 25Nepal News Portal
Shadow

भारतका अर्थमन्त्री र चीनका उपमन्त्रीलाई भेटे अर्थमन्त्री पौडेलले


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले भारत र चीनका अर्थमन्त्रीहरूसँग भेटवार्त गरेका छन् ।

भारतको बैंग्लोरमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन गएका मन्त्री पौडेलले त्यहाँका अर्थमन्त्री निर्मला सीतारमण र चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवैलगायत अधिकारीसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका हुन् ।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन मन्त्री पौडल यही फागुन ११ गते भारत गएका थिए ।

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्