Monday, June 17Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं । केहि दिन देखि नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । यसअघि सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको हो ।

Total Page Visits: 225 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्