Wednesday, February 21Nepal News Portal
Shadow

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो ५६औं वार्षिक साधारण सभा


काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत १० गते ५६औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंका दिनको १२ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष (आव) ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले १० % बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावहरूसँगै सञ्चालकहरूको बैठक भत्ता लगाएत अन्य सुविधाका सम्बन्धमा समेत आवश्य निर्णय सभाले गर्नेछ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट ७ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Total Page Visits: 170 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्