काठमाडौं । दरबारमार्गमा पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध त्यहाँका व्यापारीले आज एक घण्टा सटर बन्द गर्ने भएका छन् । विकल्प नदिई पार्किङ हटाइएको भन्दै उनीहरूले विरोधस्वरूप सटर बन्द गर्न लागेका हुन् ।
अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्ने व्यापारीको तयारी छ । महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।
विकल्प नदिई पार्किङ हटाइँदा व्यवसायमा धक्का लागेको व्यापारीले बताउँदै आएका छन् ।