Tuesday, March 18Nepal News Portal
Shadow

नेपाल विद्युत् प्राधिकरणको काम अब मोबाइल एपबाटै


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न मोबाइल एप सञ्चालनमा ल्याएको छ । मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीका लागि प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

गुनासो व्यवस्थापन समेत गर्न सकिने गरी मोबाइल एप एनईए सञ्चालनमा ल्याएको प्राधिकरणले जानकारी दिएको छ । मोबाइलको प्ले स्टोरमा गएर एनईए अफिसियल एप डाउनलोड गरेर आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्