Monday, March 17Nepal News Portal
Shadow

समीट लघुवित्त वित्तीय संस्थाले गर्‍यो लाभांश घोषणा


काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्तापुँजीको १३.५६२७५३ %का दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७१३८२९ % नगद लाभांश गरी कुल १४.२७६५८२ % लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्