Thursday, December 5Nepal News Portal
Shadow

३.८१ अंकले घट्यो नेप्से


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३.८१ अंकले घटेको छ । राजनीतिक अन्यौलताको असर सेयर बजारमा परेको देखिएको छ । सामान्य अंकले बजार घटेर मंगलबार २०१९.७३ बिन्दुमा नेप्से परिसूचक पुगेको छ ।

राजनीतिक अन्यौलताको कारण अहिले बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा पुगेका छन् । बजारले अहिले नयाँ अर्थमन्त्री र उनले लिने नीतिलाई कुरेको देखिएको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलसँग भने सेयर बजार उत्साहित देखिएको थियो ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा छ । यसले बजारलाई आगामी दिनमा सकारात्मक प्रभाव पार्ने भनेको देखिएको छ । मंगलबार नेप्सेमा २६२ वटा कम्पनीको सेयर किनबेच भएको छ । राष्ट्र बैंकको नीतिको कारण लघुवित्तको सेयर मूल्य पछिल्ला केही दिन घटेको थियो ।

तर, मंगलबार सेयर मूल्य बढ्नेमा लघुवित्तका कम्पनी छन् । यसले राष्ट्र बैंकको नीतिको प्रभाव बजारमा नपरेको देखिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्