Monday, February 10Nepal News Portal
Shadow

केन्द्रीय बैंकलाई आइएमएफ टोलीको सुझाव,आर्थिक विकासका लागि चार क्षेत्रमा सुधार गर्नुपर्ने


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल फोर मिसनले नेपालको आर्थिक विकासका लागि मुख्यतया चार क्षेत्रका सुधारको लागि सुझाव दिएको छ।

फेब्रुअरी १५ देखि २८ सम्म काठमाडौं भ्रमण गरेको जाक्कों तुरुनेन नेतृत्वको आर्टिकल फोर मिसनले चार सुझाव दिएको हो।

बैंकिङ नियम र सुपरिवेक्षणमा सुधार अगाडि बढाउनुपर्ने, व्यवसायको लागत घटाउनुपर्ने, वैदेशिक लगानीका अवरोध हटाउनुपर्ने र सुशासनलाई बढावा दिन टोलीले सुझाव दिएको हो।

उक्त टोलीले नेपाल सरकार र केन्द्रीय बैंकलाई सुझाव दिएको छ। दिगो मध्यकालीन विकासका लागि आर्थिक सुधारको आवश्यकता रहेकोसमेत उसको भनाइ छ।

आइएमफ टोलीले नेपालको कसिलो मौद्रिक नीतिको भने प्रशंसा गरेक‍ो छ। बाह्य क्षेत्रमा स्थिरता, मूल्य वृद्धिदर घटाउन मौद्रिक नीतिले सहयोग गरेको आइएमएफको निष्कर्ष छ।

पर्यटन क्षेत्रमा आएको सुधार, तुलनात्मक रूपमा बलियो कृषि क्षेत्र र विप्रेषण आप्रवाहको उत्थानशीलताले चालु आर्थिक वर्षको आर्थिक वृद्धिमा टेवा पुग्ने आइएफको भनाइ छ।

यो वर्ष ४.४ % आर्थिक वृद्धिको प्रक्षेपण उसले गरेको छ। मिसनले यस वर्ष आइएमएफले दिएका ऋणका शर्तहरू पालनाको समीक्षा पनि गरेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्