Tuesday, June 18Nepal News Portal
Shadow

भरतपुर महानगरपालिकामा जग्गा वर्गीकरण गरेसँगै खुल्यो जग्गा कित्ताकाट


काठमाडौं । भरतपुर महानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। जग्गा वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो। महानगरपालिले सरकारले तोकेको ९ वटै विधामा जग्गा वगीकरण सकेको पालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले बताएका छन्।

‘पालिकाको मंगलाबार बसेको ७८ औं बैठकले जग्गा वर्गीकरणको निर्णय गरिसकेको छ। अब हामी सम्बन्धित निकायमा पत्राचार गछौैं,’ उनले भने।

९ वटै विधामा जग्गा वर्गीकरण सकेकोबारे आजै पालिकासँग सम्बन्धित मालपोत कार्यालय, नापी विभाग, प्रदेश र संघमा जानकारी गराइने उनले बताए।

६ मिटर बाटो भएको सडकको दायाँबायाँ ५० मिटर, ६ मिटरभन्दा माथि सडकको दायाँबायाँ ७० मिटर, मुख्य हाइवेको चारै दिशाबाट (पूर्व, पश्चिम, उत्तर र दक्षिण) २÷२ सय मिटरको क्षेत्रलाई आवास क्षेत्र घोषणा गरिएको छ।

त्यस्तै, बजार क्षेत्रबाट कम्तिमा ५० व्यवसाय भएको क्षेत्रलाई पनि आवास क्षेत्र मानिएको उनले बताएका छन्।

उनका अनुसार उद्योग भएको ठाउँलाई औद्योगिक क्षेत्र मानिएको छ। महानगरपालिका भित्र वडा २० र २१ मा औद्योगिक क्षेत्र सञ्चालित छ।

‘वन, सार्वजनिक, नदि, खोला, सिमसार सबै छुट्याएको छौं। ‘यसबाहेकका कृषि क्षेत्र छन्,’ उनले भने।

सो महानगरपालिकामा २९ वटा वडा छन्।

भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भूउपयोग ऐन, २०७६ ल्याएको थियो। उक्त ऐन कार्यान्वयन गर्न यही साल जेठ २३ गते सरकारले भूउपयोग नियमावली, २०७९ ल्यायो।

नियमावली आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि क्षेत्रको संरक्षण गर्न सबै पालिकाहरूलाई आफ्नो क्षेत्रको जग्गा मंसिर २३ गतेसम्म कृषि र गैरकृषिमा वर्गीकरण सक्न निर्देशन दिएको थियो।

नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ।

Total Page Visits: 196 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्