Wednesday, October 16Nepal News Portal
Shadow

२४.४४ अंकले घट्यो नेप्से


काठमाडौं । आज नेप्से २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्च (नेप्से) का अनुसार नेप्से परिसूचक २ महिनापछि २ हजार विन्दु तल झरेको हो ।

गत पुस १३ गते १९७२.१५ विन्दुमा बन्द भएको परिसूचक त्यसयता २ हजार विन्दु माथि थियो । तर, बुधबारको कारोबार दिन परिसूचक २ हजार विन्दु तल झरेर बन्द भएको छ ।

यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । २५७ धितोपत्रको ३७ लाख २९ हजार ९७६ कित्ता एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सर्वाधिक रुपैयाँको सेयर खरिद–बिक्री अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक सेयर मूल्य वृद्धि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य १० %ले वृद्धि भएर प्रतिकित्ता एक हजार ६६३ रुपैयाँ ७० पैसा कायम भएको छ । यस आधारमा यो कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा माइक्रोफाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक २.६५ %ले परिसूचक घटेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्